सुदूरपश्चिममा थप ६७ जनामा संक्रमण पुष्टिः कहाँ थपिए ?

कैलाली । बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७१७ पुगेको छ । यसअघि नै ९ सय ९३ संक्रमित निको भइ घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।
रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँबाट ५८, सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट ९ जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । पुष्टि भएकामध्ये कैलालीका १३ पुरुष र ६ महिला, कञ्चनपुर ११ पुरुष र १ महिला, अछामका १७ पुरुष, बझाङ्ग ४ पुरुष रहेका छन् । त्यसैगरी बैतडीका २ पुरुष, दार्चुला १ पुरुष र डोटी ९ पुरुष र ३ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म २४ हजार ८८४ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २१ हजार १६७ मा नेगेटिभ आएको उनले बताए । १ हजार २०३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १७ हजार १६८ जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ५८७, बैतडीका २९७, बझाङ्गका १४३, बाजुराका ४४४, डडेल्धुराका २६९, दार्चुलाका १८, डोटीका ५३३, कैलालीका ९८६ र कञ्चनपुरका ४४० गरि ३ हजार ७१७ रहेका छन् । जस्मा महिला ८५५ र पुरुष २ हजार ८६२ जना छन् ।
क्वारेन्टिनमा ४ हजार २१७ पुरुष र १ हजार ८२ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद १५ र संक्रमित ८५ गरी १०० जनाको उपचार भइरहेको छ । ७०४ जना भने सामान्य उपचार पछि घर गइसकेका छन ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ९, टिकापुरमा ४१, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २ र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ । उनले बुधबार मात्रै अछामबाट ५५ जना संक्रमित निको भएर घर गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली
-
भुँइचालो गएको यतिका दिनपछि पनि म्यानमारमा ढल्दैछन् घरहरू
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरण कस्तो हुनुपर्छ ?
-
पार्टीको झण्डा ओढाएर बोहराको अन्तिम बिदाइ, तस्बिरहरू
-
फिलिपिन्सलाई २० थान एफ–१६ फाइटर जेट बेच्दैछ अमेरिका
-
नेप्से परिसूचक २३ अङ्कले बढ्यो