मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘तेरे नाम’ मा सलमान खान नभई यी नायकले निभाउने भएका थिए मुख्य भूमिका

बिहीबार, २५ असार २०७७, ०८ : ५०
बिहीबार, २५ असार २०७७

सन् २००३ मा रिलिज भएको हिट फिल्म ‘तेरे नाम’ मा यदि हिरोको भूमिका सञ्जय कपूरले निभाएको भए र निर्देशक अनुराग कश्यप भएको भए यो फिल्म कस्तो हुन्थ्यो ? ‘देव डी’ वा ‘ग्याङ्ग्स अफ वासेपुर’ जस्तो ?

तमिल फिल्मको रिमेकः

भारतीय सञ्चार माध्यम जि न्यूजका अनुसार तर यस्तो भएन । आउनुहोस् यसको कारण थाहा पाऔं । वास्तवमा ‘तेरे नाम’ फिल्म तमिलको सुपरहिट फिल्म ‘सेतु’ को रिमेक हो । यसको हिन्दीको राइट्स त्यो जमानाका चर्चित तथा हिट निर्माता–निर्देशक राम गोपाल वर्माले खरिद गरेका थिए । रामूले यो फिल्म आफैं बनाउन चाहन्थे र यो फिल्मको हिन्दीमा पटकथा लेख्नका लागि उनले ‘सत्या’ का लेखक अनुराग कश्यपलाई अनुबन्धित गरेका थिए । अनुरागले यो स्क्रिप्टमा यति रुची लिन लागे कि रामूले उनैलाई फिल्म निर्देशन गर्न भने । अनुराग पनि जीवनको पहिलो व्यवसायिक फिल्म निर्देशित गर्न पाउँदा निकै उत्साहित भएका थिए । उनले फिल्मको कहानीको हिसाबले अनिल कपुरका भाइ सञ्जय कपुरलाई हिरोको भूमिकाका लागि छाने । फिल्मको प्रि–प्रोडक्सनको काम सुरु भयो ।

यसैबीच राम गोपाल वर्माले आफूले फिल्मको निर्माण नगर्ने बताए र फिल्ममा अर्का निर्माता आए । नयाँ निर्माता आएपछि उनले अनुरागलाई फिल्म ठूलो बजेटको बनाउने र हिरोको भूमिकामा सलमान खानलाई अनुबन्ध गर्ने बताए ।

सलमानको फिर्तीः

अनुराग सलमानको नाम सुनेर थप उत्साहित भए । जब उनी सलमानसँग भेट्न गए तब उनले स्क्रिप्ट सुनाएपछि उनलाई हिरोको रुपमा आफूलाई ढाल्न बताए ।

उनले भने, ‘जिमको जस्तो शरीर चल्दैन । कपाल लामो चाहिन्छ । अनुहार मलिनो हुनुपर्छ आदि इत्यादि । ’ सलमानले सबै सुने तर केही भनेनन् ।

अर्को दिन जब अनुराग निर्माताको अफिस पुगे तब निर्माताले उनलाई तथानाम भने । अनुरागको त्यस्तो व्यवहारले कतै सलमानले फिल्म छोड्ने हो कि भन्ने चिन्ता थियो । अनुराग निर्माताको गाली खाएर फर्किए । केही दिनपछि उनलाई थाहा भयो कि उनलाई केही नभनिकनै निर्माताले निर्देशनको जिम्मेवारी सतिश कौशिकलाई दिए ।

तेरे नाम सुपरहिट भयोः

‘तेरे नाम’ सलमान खानका लागि गेम चेन्जर साबित भयो । फिल्म धेरै नै चल्यो । विशेषगरी सलमान खानका लामो कपालको निकै प्रशंसा भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप