बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रक दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

बिहीबार, २५ असार २०७७, ०८ : २३
बिहीबार, २५ असार २०७७

निमार्ण सामाग्री बोकेको ट्रक ओखलढुंगामा दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । 

बिहिबार बिहान सिद्धिचरण नगरपालिका ८ सेतिदेबी भन्ने स्थानमा ट्रक दुर्घटना हुदाँ सवारी चालक दोलखाको जिरी नगरपालिका ४ का अन्दाजी २५ बर्षिय नबराज कार्कीको घट्नास्थलमै मृत्यु भएको हो ।

काठमाण्डौबाट अपार सोलुखोला बेनी हाईड्रो कम्पनीको तारजाली तथा रड बोकेर सोलुखुम्बुतर्फ जादै गरेको बा ३ ख ९६ नम्बरको ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए । 

ट्रकमा चालक मात्र सवार रहेको बस्नेतको भनाई छ । बिहानको समयमा हुस्सु तथा कुहिरो लागेको र चालक रातभर अनिदो भएका कारणले समेत दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप