बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नहरमा पौडी खेल्ने क्रममा १४  वर्षीया बालिका डुबेर बेपत्ता

बिहीबार, २५ असार २०७७, ०८ : १९
बिहीबार, २५ असार २०७७

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी छन् । 

नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन् । नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए । 

नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए । खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप