शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तिब्बतको विषयमा अमेरिकाले कारवाही गर्दा चीनले पनि फर्कायो जवाफ

बिहीबार, २५ असार २०७७, ०७ : ४५
बिहीबार, २५ असार २०७७

तिब्बतको विषयमा चलिरहेको असहमतीका बीच चीन र अमेरिकाले एक–अर्काको आधिकारीमाथि भिसा प्रतिबन्ध लगाएका छन् । दुई देशबीच थुप्रै मुद्दामा चलिरहेको मतभेदको यो नयाँ विषय हो ।

अमेरिकामा एकदिन अघि तिब्बतको विषयमा केही चिनियाँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरियो, यसको जवाफमा बुधबार चीनले पनि तिब्बतसँग जोडिएको मुद्दामा गलत व्यवहार गरिरहेका अमेरिकीमाथि भीसा प्रतिबन्ध लगाएको घोषणा गरेको छ  ।

मंगलबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफूहरुले चीनका अधिकारीमाथि नयाँ अमेरिकी कानून अनुरुप प्रतिबन्ध लगाएको जानकारी दिए । यो कानून अनुसार अमेरिकाले चीनलाई अमेरिकीलाई देशको पश्चिमी इलाकामा जान अनुमती दिन भनेको थियो । अमेरिकाले तिब्बतमा सार्थक स्वायत्तताको पनि माग गर्दै आएको छ ।

पोम्पियोले एक बयानमा भनेका थिए, ‘दुर्भाग्यले चीनले अमेरिकी कुटनीतिक र अन्य अधिकारीलाई तिब्बती स्वायत्त क्षेत्र र तिब्बतको अन्य इलाकामा जान रोक्दै आएको छ । यसमा पत्रकार र पर्यटक पनि समावेश छन् । जबकी अमेरिकामा चीनका नागरिक र अधिकारीमाथि यस्ता किसिमको कुनै पनि रोकटोक छैन ।’

अमेरिकाका अनुसार उसले ती चिनियाँ अधिकारीको भिसामाथि प्रतिबन्ध लगाएको छ जसले विदेशीलाई तिब्बती इलाकामा जानबाट रोकिरहेका छन् ।

यद्यपि, अमेरिकी विदेश मन्त्रालयले ती चिनियाँ अधिकारीको नाम भने सार्वजनिक गरेको छैन न नै उनीहरुको संख्या बताएको छ ।

जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अमेरिकाको यो कदमको कडा विरोध गरेका छन् र अमेरिकाले तिब्बतसँग सम्बन्धित मुद्दाको कुरा उठाएर चीनको आन्तरिक मामिलामा दखल दिन तुरुन्त बन्द गर्नसमेत अपिल गरेका छन् ।

उनले भने, ‘अमेरिकाको गलत कदमको जवाफमा चीनले ती अमेरिकीको भिसामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ जसले तिब्बतसँग जोडिएका मुद्दामाथि गलत व्यवहार गर्छन् ।’

अमरिकाले यसअघि पनि हङ्गकङको मामिलामा पनि चिनियाँ अधिकारीमाथि भिसा प्रतिबन्ध लगाएको थियो । साथै विगर मुसलमानको कथित प्रताडनाको मुद्दामाथि पनि अमेरिकाले यस्तै कदम उठाएको थियो ।

चीनले तीब्बतलाई आफ्नो भू–भाग मान्छ तर तिब्बतले भने आफूलाई चीनको अधिन मान्दैन र आफ्नो स्वतन्त्रताको मुद्दा उठाउने गरेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप