मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय हास्य अभिनेता जगदिपको निधन

बिहीबार, २५ असार २०७७, ०० : ००
बिहीबार, २५ असार २०७७

एजेन्सी । भारतीय हास्य अभिनेता जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार मुम्बईमा निधन भएको हो । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । जगदीपका नजिकका साथी महमुद अलीका अनुसार उनको बुधबार बिहान आफ्नै घरमा  ८ बजेर ३० मिनेटमा निधन भएको हो ।

बुढेसकाल लागेसँगै उनी विभिन्न रोगका कारण थलिएका थिए । फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनलाई बलिउडमा थप चर्चित बनाएको थियो । यसबाहेक ब्रहम्चारी, नागिन र अन्दाज लगायत फिल्ममा गरेको भूमिकालाई दर्शकहरुले असाध्यै मन पराएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप