बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको उल्लंघन गर्दै ओलीको पक्षमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

बुधबार, २४ असार २०७७, २३ : ३५
बुधबार, २४ असार २०७७

काठमाडौं । हालपनि देशमा लकडाउन जारी छ, मात्र स्वरुप परिवर्तन गरेर खुकुलो बनाइएको मात्रै हो । तर कोरोना संक्रमणको जोखिमलाई बेवास्ता र लकडाउनको उलंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन हुने क्रम जारी रहेको छ । 

स्वतन्त्र युवाहरुको ब्यानरमा प्रदर्शन हुने गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा यस्ता प्रदर्शन भएको बताइएको छ । केहीदिन अघि मात्रै प्रधानमन्त्रीले आफू निकटका युवा–विद्यार्थी संगठनका नेताहरुलाई बालुवाटारमा बोलाएर आफ्नो पक्षमा प्रदर्शन चर्काउन निर्देशन दिएका थिए । 

प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि उनकै निर्देशनमा नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।  सरकार आफैले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिँदै, कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । बुधबार उपत्यकाको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा लगायतका ठाउँमा प्रदर्शन भएको छ । यस्तै राजधानी बाहिर पनि प्रदर्शन हुँदै आएको छ । 

प्रदर्शनमा सहभागीहरुले ‘पार्टी एकता जिन्दाबाद’, आइएम विथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दावाद’, ‘जनताको चाहाना, सरकार परिवर्तन गर्न पाईदैन’, ‘भारतीय हस्तक्षेत्र बन्द गर सरकार ढाल्न पाईदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका प्लेकार्ड बोक्दै नारा लगाएका छन् ।  राजधानीको कलंकीमा ओली समर्थकले गरेको प्रदर्शनका तस्बिरहरु हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप