नेपाली सेनाको ध्यानाकर्षण
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा सैन्य आधार तालिम समाप्त गरेका दुई सैनिक (महिला र पुरुष) को तस्बिर पोष्ट गरी भ्रामक तथा नकारात्मक टिकाटिप्पणीप्रति नेपाली सेनाले आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले ती दुई तस्बिर पोष्ट गरी भएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सामाजिक सञ्जालमा भाइरल भएका ती दुई व्यक्तिको तस्बिरको वास्तविक परिचय समेत सेनाले खुलाएको छ । उनीहरु २०७६ साल पुस १ गतेदेखि २०७७ साल असार १९ गतेसम्म भक्तपुरको सूर्यविनायकस्थित वीरदल गणमा सञ्चालन भएको सैन्य आधार तालिम पुरा गरेका रुपन्देही स्थायी ठेगाना भएका सिपाही सम्झना थारु र कपिलवस्तु स्थाई ठेगाना भएका सिपाही सुवास थारु भएको जनाइएको छ ।
सेनाले उनीहरुको उचाईको सम्बन्धमा समेत स्पष्ट पारेको छ । सम्झनाको उचाई ५ फिट १ ईन्च र सुवास थारुको उचाई ५ फिट १० इन्च रहेको सेनाले प्रस्ट पारेको छ । सेनाले भर्ना छनौट निर्देशिका २०७१ मा तोकिएको मापदण्ड बमोजिमका शर्तहरु पुरा गरी नेपाली सेनामा छनौट भएका सैन्यहरुको वास्तविकतालाई तोडमोड गरी अतिरञ्जित तरिकाले गरिएको प्रचार–प्रसारको भ्रममा नपर्न समेत सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुसमक्ष हार्दिक अनुरोध गरेको छ । केही दिनयता सामाजिक सञ्जालमा ती तस्बिर पोष्ट गरी सेनामा भर्ना हुने सैनिक उचाई मापदण्डका बारेमा विभिन्न टिकाटिप्पणी हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु