
ओली-प्रचण्डबीच आज पनि सहमति हुन सकेन, छलफललाई निरन्तरता दिइने

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ ।
पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार करिब दुई घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)का अनुसार अध्यक्षद्वयबीच भोलि (विहीबार) पनि छलफल हुनेछ ।
आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । तर अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् ।
दुवै पक्षको यहीँ अडानका कारण सहमति हुन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी समिति बैटक १८ गतेयता बस्न सकेको छैन । स्थायी समितिको अर्को बैठक २६ गते बिहान ११ बजेलाई तोकिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ