सरिता गिरीलाई सांसद पदबाट निष्कासन गरिएको समाजवादीद्वारा संसद सचिवालयलाई जानकारी
बुधबार, २४ असार २०७७, १८ : १२

काठमाडौं । समाजवादी पार्टीले आफ्ना सांसद सरिता गिरीलाई पदबाट निष्कासन गरेकोबारे संसद सचिवालयलाई जानकारी दिएको छ ।
मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले पार्टी निर्देशन र संसदीय दलको ह्वीप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टी सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
बुधबार गिरीलाई सांसदबाट निष्कासन गर्ने पत्र लिएर समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरिया र सांसद राजेन्द्र श्रेष्ठ सिंहदरबारस्थित सचिवालय पुगेका थिए ।
संसद सचिवालयले गिरीलाई सांसदबाट निलम्बन गरेपछि त्यसको जानकारी निर्वाचन आयोगलाई दिइनेछ । तर पार्टी निर्णय विरुद्ध कानुनी उपचार खोज्ने गिरीले बताउँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरु भयो एसईई (तस्बिरहरू)
-
पोखरा र चीनका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी (तस्बिरहरू)
-
नेपालमा युवापुस्ता छन् सबैभन्दा धेरै खुसी, तपाईँ कत्तिको हुनुहुन्छ ?
-
उत्कृष्ट यौन जीवनका लागि के खाने, के नखाने ?
-
४ जीपीए ल्याउने आस्थाको एसईई टिप्स : परीक्षाको अघिल्लो रातभरि नपढ्नू
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने