शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डा.सन्दुक रुइतले गरे सभामुख सापकोटाको आँखाको शल्यक्रिया

बुधबार, २४ असार २०७७, १७ : ३४
बुधबार, २४ असार २०७७

आँखामा मोतियाविन्दुको समस्या भएपछि सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।  

बुधबार बिहान साढे १० बजे काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले शल्यक्रिया गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  

केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको न्यौपानेले बताए । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेका छन् । 

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको चिकित्सकको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप