साउन १ देखि ढुवानी सेवा ठप्प पार्ने ट्रक व्यवसायीको चेतावनी
नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले साउन १ गतेदेखि ढुवानी सेवाका सवारी साधन सञ्चालन हुन नसक्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिमा सार्वजनिक यातायात सञ्चालन बारे भएको छलफलमा उनले ढुवानीका साधानलाई भ्याटमा दर्ता गर्ने प्रावधान ल्याएका कारण सञ्चालनमा कठिनाई हुने उल्लेख गरे ।
उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुवानीका सवारी साधानको भाडामा मूल्य अभिबृद्धी कर लगाइएको भन्दै ढुवानी सेवा बन्द गर्ने बताए । उनले कुनै पनि ढुवानीका साधन मूल्य अभिबृद्धी करमा दर्ता भएर नचलेको बताउँदै साउनदेखि सामान बोकेको भाडा लिँदा भ्याट बिल काटेर लिनुपर्ने भएको अहिले भ्याटमा दर्ता हुने अवस्था नभएको बताए ।
उनले भने–‘ढुवानीका सवारी साधन करमा दर्ता नभएकोले जसले भाडा दिन्छ उसलाई हामी बिल काटेर दिन सक्दैनौँ । साउन १ गतेबाट हामीले चाहँदा चाहदै पनि हाम्रो ट्रक लोड हुन सक्दैन । हामीले अर्थमन्त्रीलाई प्यानमा दर्ता भएर आउने अवस्था सिर्जना गर्न भनेका छौँ ।’
उनले यो विषयमा अहिलेसम्म केही कुरा नमिलेकोले अर्थ मन्त्रालयलाई निर्देशन दिन विकास समितिलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण