अपडेट : ट्याक्सी चलाउन दिन सरकारलाई निर्देशन
![अपडेट : ट्याक्सी चलाउन दिन सरकारलाई निर्देशन](https://rpcdn.ratopati.com/media/albums/taxi_protest_3_eEClmIrkjw.jpg)
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सरकारलाई ट्याक्सी चलाउन दिन निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारस्थित समितिको कार्यालयमा यातायात व्यवसायीसहित बसेको बैठकपछि स्वास्थ्य मापदण्ड पालना गर्दै ट्याक्सी सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो ।
बुधबारको बैठकमा सार्वजनिक सवारी साधन सञ्चालनबारे छलफका लागि समितिले विभिन्न यातायात व्यवसायी संघ संस्थालाई छलफलका लागि बोलाएको थियो ।
छलफलमा उनीहरुले लकडाउनको १ सय ७ दिन पुगिसक्दा पनि यातायात क्षेत्रका मजदुरलाई राहत दिनेबारे सरकारले कुनै निर्णय नगरेको, यातायात व्यवसायीले बैकमा तिर्नुपर्ने किस्ता र ब्याजबारे सरकारले मतलब नगर्दा संकटमा परेको बताएका छन् ।
बैठकमा अखिल नेपाल टे«ड युनिययन उपाध्यक्ष दीपक केसीले यातायात क्षेत्रका मजदुरहरु रोग भोक शोक र तनावमा रहेको बताए । उनले लकडाउनका बेला यातायात मजदुरले एक गेडो राहत पनि नपाएको भन्दै गुनासो गरे ।
उनले ट्याक्सी मजदुरको पनि समस्या आएको बताउदै सुरक्षाको मापदण्ड बनाएर ट्याक्सी चलाउन दिन आग्रह गरे । केसीले सार्वजनिक यातायात चलाउदा मजदुरहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई जस्तै चालकलाई पनि कोरोनाको जोखिम भएकोले डाक्टरको जतिकै बिमा गर्न माग गरे ।
यस्तै स्वतन्त्र मजदुर संगठन जिफन्टका भीमज्वाला राईले सार्वजनिक यातायात क्षेत्र देशको रत्तसंचार भएको उल्लेख गर्दै यातायात क्षेत्रको १० खर्बको लगानी ठप्प भएको बताए । उनले लकडाउनका कारण ११ लाख यातायात मजदुर र उनीहरुसँग आवद्ध ४५ लाख मानिसको जिवन अस्तब्यस्त भएको बताए ।
दुई दिन मात्र सवारी नचल्दा यातायात मजदुरको घरमा चुल्हो बल्न गाह्रो पर्ने बताउँदै सानु कुमार कार्कीले जस्तै अन्य मजदुरले पनि आत्महत्या गर्ने अवस्था आएको बताए ।
उनले भने, ‘अब पनि यस्तै भइरहने हो भने धेरैले आत्महत्या गरे भन्ने कुरा आउन सक्छ । १ सय ७ दिनसम्म सरकारले राहत प्याकेज घोषणा गर्न सकेन । सरकारले विपन्न र दैनिक ज्यालादारीलाई राहत दिने भनेको थियो तर त्यसमा यातायात मजदुर पर्न सकेनन् । यातायात मजदुर त्यसबाट बञ्चित हुनुपर्यो । भौतिक पूर्वाधार तगा यातायात व्यवस्था मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि कार्यान्वयन भएन । भौतिक मन्त्रालय विकास निर्माणका लागि मात्र भयो । यातायात क्षेत्रको कुरा सुन्न अब छुट्टै् यातायात मन्त्रालय चाहियो ।’
यस्तै ट्रेड युनिययन कांग्रेस आवद्ध धर्म भण्डारीले यातायात मजदुरहरुको कोरोना बिमा नगरी उनीहरु सडकमा आउन नसक्ने बताए ।
उनले सार्वजनिक बसमा २० जना भन्दा बढी यात्रु बोक्न मापदण्ड बन्दै गरेको सुनेको भन्दै यातायात व्यवसायीले त्यति यात्री बोकेर हिँड्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ