राष्ट्रिय व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकार विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
कोभिड–१९ (कोरोनाभाइरस) का कारण व्यापार व्यवसाय गुमाएका र आर्थिक संकटमा परेका व्यवसायीहरुलाई सरकारले सहयोग नगरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले यसअघि सरकारले बैंकिङ साँवा तथा ब्याज भुक्तानीको समय सीमा थप गरी कर्जाको ब्याजमा २ प्रतिशतको छुटसहित घरभाडा छुटको घोषणा गरेपनि कार्यान्वयन नभएको भन्दै सो प्रतिवद्धता अबिलम्ब पूरा गर्न आग्रह गरेको छ ।
६ सूत्रीय माग राखेको महासंघले व्यवसायीहरुले लकडाउन अवधिको बैंकिको व्याजदरमा शतप्रतिशत छुट पाउनु पर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सारिनुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योग, व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनु पर्ने, स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनु पर्ने र लकडाउन अवधिभरको व्यवसायीक घरभाडा पुरै छुट गरिनु र्ने माग अघि सारेको छ ।
सरकार विरुद्धको आन्दोलन घोषणा गरेको महासंघले पहिलो चरणमा भोलि बिहिबार ९ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने जनाएको छ । त्यसपछि सरकार कसरी प्रस्तुत हुन्छ सोही अनुसार अघि बढ्ने महासंघको भनाइ छ ।
यसअघि राष्ट्रिय व्यवसायी महासंघ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई