बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

मास्क फुकाल्दै ब्राजिलका संक्रमित राष्ट्रपतिले भने, ‘सबै ठिक छ’

बुधबार, २४ असार २०७७, १५ : २१
बुधबार, २४ असार २०७७

सामाजिक सञ्जालमा ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोको एक भिडियोको अहिले ठूलो आलोचना भइरहेको छ । पत्रकारसँगको कुराकानीका क्रममा यस भिडियोमा उनले नाटकीय रुपमा मास्क फुकालेका छन् ।

भिडियोमा देखिन्छ कि उनले पत्रकारको एक प्रश्नको जवाफ दिने क्रममा एक कदम पछाडि हटेर मास्क उतारेका छन् अनि मात्रै बोल्न थालेका छन् । ‘सबै ठिक छ, म ती मानिसलाई धन्यवाद भन्न चाहन्छु जसले मेरा लागि प्रार्थना गरे । म बिलकुल ठिक छु ,’ उनले भनेका छन् । 

मास्क उतार्नुभन्दा केही सेकेन्ड पहिले नै यही अन्तर्वार्तामा उनले सञ्चारमाध्यमसामु आफूलाई संक्रमण देखिएको जानकारी दिएका थिए । ब्राजिलमा सामाजिक सञ्जालमा यो भिडियो निकै शयर भएको छ र जनताहरुले ‘बोल्सेनारो यस्तो हरकत देखाएर के प्रमाणित गर्न चाहन्छन्’ भन्दै प्रश्न सोधेका छन् ।’ यसअघि मास्क नलगाएका कारण बोल्सेनारो आलोचित भएका थिए । उनले कोरोनाबारे हल्काफुल्का टिप्पणी गर्ने गरेका थिए, तर अन्तत उनी आफैं कोरोनाबाट संक्रमित भए । 

ब्राजिलमा ठूलो संख्याका मानिसहरुमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि मात्रै उनले सार्वजनिक कार्यक्रममा मास्क अनिवार्य लगाउनुपर्ने नियम ल्याएका थिए । 

सबै ठिक छ 
यस भिडियोमा बोल्सेनारोले भनेका छन् । ‘परीक्षणपछि मलाई कोरोना पोजेटिभ देखिएको छ । अहिलेसम्म के भएको छ, म तपाईँलाई बताऊ – मलाई शनिबारदेखि केही अनौठो महसुस हुन थालेको थियो । सोमबारसम्म हैरानी धेरै बढ्यो ।

मलाई ज्वरो थियो, थकान महसुस भयो र माशंपेशी दुख्यो र सोमबार रातिसम्म ज्वरो निकै बढ्यो । यति देखेपछि मलाई कोभिड–१९ भएको शंका लाग्यो । मेरा डाक्टर र मैले निर्णय ग¥यौं कि हामी ब्रासिलियास्थित सैनिक अस्पताल जानेछौं र सिटी स्क्यान गराउनेछौं ।

सिटी स्क्यानका क्रममा मेरो फोक्सो सफा देखियो । यसपछि मलाई मेरो टिमले हाइड्रोक्सिक्लोरोक्विनदियो, यद्यपी मलाई रातको समय बेचैनीका कारण धेरैपटक उठ्नुप¥यो । १२ घण्टापछि मैले एकपटकफेरि हाइड्रोक्सिक्लोरोक्विनको डोज लिए र अब म भन्नसक्छु कि मलाई राम्रो भइरहेको छ,’ यति भनेपछि मास्क फुकाउल्दै भने जनतासँग भने, ‘हेर्नुस् सबै ठिक छ ।’

बोल्सेनारोले कोरोनाको महामारीको सुरुवातदेखि नै यसलाई ‘सामान्य फ्लु’ भन्दै आएका छन्, जसकारण उनको ठूलो आलोचना भयो । संसारमा संक्रमितको संख्याका आधारमा ब्राजिल दोस्रो स्थानमा छ । यहाँ, अहिलेसम्म १६ लाख ५० हजारभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भइसकेको छ । ६६ हजार ७ सय ४१ जनाले कोभीड–१९ कै कारण ज्यान गुमाइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप