शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डुबेर बेपत्ता भएका किशोरको खोजीका लागि सशस्त्रको टोली बाजुरा पुग्यो

बुधबार, २४ असार २०७७, १५ : १४
बुधबार, २४ असार २०७७

बाजुरा । बूढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बूढीगङ्गा नगरपालिका २ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सात जना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ ।

बूढीगङ्गा –१ द्वारीस्थित हडहडे खोलाको छेउबाटै नदी तर्न खोज्दा सोमबार बिहान ९ बजेतिर बेपत्ता थापाको अवस्थाबारे कुनै जानकारी नभएपछि आज अपराह्न १ः३० बजे काठमाडौँबाट टोली बाजुरा आइपुगेको प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । 

मार्तडीबाट करीब १४ किलोमिटर दूरीमा पर्ने घटनास्थल द्वारीमा बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र  सशस्त्र प्रहरीसहितको टोली अहिले पनि लागिपरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप