शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मीराको खुसी जीवनको रहस्य हुन् शाहिदः विवाहको पाँचौ वर्षगाँठमा भनिन्,‘याद राख, श्रीमती सधैं सही हुन्छिन्’

बुधबार, २४ असार २०७७, १५ : ०५
बुधबार, २४ असार २०७७

बलिउड नायक शाहिद कपुरले आफ्नो विवाहको पाँचौं वर्षगाँठ मंगलबार मनाएका छन् । यो मौकामा उनकी श्रीमती मीराले इन्स्टाग्राममा उनीसँगको एउटा फोटो सेयर गर्दै उनलाई वर्षगाँठको बधाई दिइन् । यसका साथै उनले नोट पनि लेखेकी छिन् ।

मीराले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘५ वर्ष, ४ आत्मा, ३ घर, २ बच्चा र १ सुन्दर परिवार ।  जीवनको यो यात्रामा तिमीबाहेक अरु कसैलाई रोज्न सक्दिनथेँ । तिम्रो प्रत्येक दिन झन् धेरै माया लाग्छ । म संसारकै भाग्यमानी हुँ किनभने मेरो जीवनको प्रेमलाई नै मैले मेरो सबैभन्दा मिल्ने साथीको रुपमा पाएकी छु । मेरो शक्ति बनिदिएकोमा, मेरो यात्रामा हातमा हात मिलाएर सँगै हिँडेकोमा र अहिलेसम्मका सबै कुराका लागि धन्यवाद । आइ लभ यू ।’

उनी थप्छिन्, ‘तिमीसँग हुँदा म सबैभन्दा धेरै हाँसिरहेकी हुन्छ । तीमध्ये धेरैपटक म तिमीलाई हेरेर हाँसिरहेकी हुँदिनँ । कृपया यो कुरा नबिर्सिनु कि श्रीमती सधैं सही हुन्छिन् र तीन सुनौलो अक्षर हो, ‘आइ एम सरी’ ।’

यस्तै, शाहिद कपुरले पनि मीरा र आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘पाँच वर्ष । एकै झट्कामा बित्यो । स–सानो कुरामा सुन्दरता देख्न थालेँ । ‘मिलेर सकिन्छ’ भन्ने कुराको अर्थ बुझेँ । तिमीसँग केही समय अझै बिताउन पाएँ । तिमी तिमी भइदिएकोमा धन्यवाद र मलाई अझ राम्रो बन्न सहयोग गरिदिएकोमा धन्यवाद । मेरी मायालु, ह्याप्पी एनिभर्सरी ।’

मीरा र शाहिदको विवाह २०१५ जुलाई ७ मा भएको थियो । उनीहरुका दुई सन्तान छोरी मीशा र छोरा जेन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप