भरतपुरलाई शैक्षिक हबको रुपमा विकास गर्दैछौँः मेयर रेनु दाहाल
भरतपुर । भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहालले समग्र विकासको गतिमा अगाडि बढिरहेको भरतपुर महानगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्दै अगाडि बढ्ने बताएकी छिन् ।
बुधबार पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारीलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा प्रशासनिक भवन तथा पुस्तकालय भवनको उद्घाटन गर्दै सो कुरा बताएकी हुन् ।
भरतपुर महानगरपालिका, सामाजिक विकास मन्त्रालय र डीएलपीआईको एक करोड ४६ लाख रुपैयाँको लागतमा चार कोठे आधुनिक प्रशासनिक भवन र पुस्तकालय निर्माण सम्पन्न भएको थियो ।
सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहालले चितवन इन्जिनीयरिङ क्याम्पस, भरतपुर बहुप्राविधिक विद्यालयका साथै मेडिकल कलेजहरु, कृषि तथा वन विज्ञान विश्वविद्यालय सबै विषयहरुको उच्च शिक्षा प्रदान गर्ने सरकारी तथा निजी कलेज, सामुदायिक विद्यालयहरु तथा निजी विद्यालयहरुले प्रवाह गरिरहेको गुणस्तरीय शिक्षाले भरतपुर शैक्षिक हब बन्दै गएको पुष्टि भएको बताउँदै यसलाई थप व्यवस्थित र विस्तार गरिँदै लैजाने बताइन् । भवन उद्घाटन
कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुरमा खुला विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ सम्भाव्यता अध्ययन गर्ने काम सम्पन्न भएको भन्दै त्यसका लागि आवश्यक जग्गाको खोजीमा आफू रहेको बताइन् ।
चालु आर्थिक वर्ष २०७६÷७७ मा संघ, प्रदेश र महानगरको लगानीमा शिक्षा क्षेत्रको समग्र विकासमा १८ करोड रुपैयाँभन्दा बढी बजेट परिचालन गरिएको जानकारी दिँदै महानगर प्रमुख दाहालले आगामी आर्थिक वर्षहरुमा पनि सोही बमोजीम अगाडि बढ्ने बताइन् ।
गुणस्तरीय र व्यवहारिक शिक्षा नै अहिलेको अवाश्यकता भएको भन्दै प्रमुख दाहालले शैक्षिक गुणस्तर वृद्धि गर्नुको कुनै विकल्प नभएकोमा जोड दिइन् ।
कार्यक्रममा भरतपुर २१ का अध्यक्ष चित्रसेन अधिकारीले विद्यालयको नवनिर्मित भवनसँगै शैक्षिक वातावरण विकासमा थप टेवा पुग्ने बताए ।
यसैगरी दाहालले स्वास्थ्य चौकी पार्वतीपुरको नयाँ भवनको शिलान्यास गरेकी छिन् । बुधबार नै महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा स्वास्थ्य चौकी भवन (एचपी टु टाइप)को शिलान्यास गरेकी हुन् ।
भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेकोमा जोड दिँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने बताइन् । चार सय वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् । सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्नेगरि ७९ लाख ७६ हजार ९९१ रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका इन्जिनीयर सन्तोष आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी