बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ताँसुगाडको विद्युत् उत्पादन क्षमता वृद्धि

बुधबार, २४ असार २०७७, १३ : १५
बुधबार, २४ असार २०७७

जाजरकोट । तोकिएका मिति भन्दा झण्डै तीन वर्ष पछि ताँसुगाड जलविद्युत् आयोजनाको विस्तृत योजना प्रतिवेदनको मस्यौदा  कन्सल्टेन्टले बुझाएको छ । डिजाएड कन्सलटेन्सी काठमाडौँ र एडिएमसी काठमाडौँले संयुक्त रुपमा नलगाड जलविद्युत् आयोजनासँग विस्तृत आयोजना प्रतिवेदन बनाउने भनेर सन् २०१५ अप्रिलमा सम्झौता गरेका थिए । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।

शुरुमा ४.५ मेगावाट मात्र उत्पादन हुने सम्भाव्यता गरिए पनि अहिले दिइएको मस्यौदामा झण्डै ७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन आएको नलगाड जलविद्युत् आयोजनाले जानकारी दिएको छ । डिपिआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेण्ट नयाँ बानेश्वर, एडिएमसी लामो समयसम्मा सम्पर्कमा नआएपछि काम बीचमै रोकिएको थियो । 

पटकपटकको भाका नाघेर कालोसूचीमा राख्ने तयारी गरेर अन्तिममा कन्सलटेण्टले विस्तृत योजना प्रतिवेदन दिनका लागि काम गर्न नलगाड जलविद्युत् आयोजनासँग अनुरोध गरेपछि पूर्ण कामको जिम्मा दिइएको थियो । नलगाड सरोकार समिति तथा स्थानीयवासीले पटकपटक दबाब दिएपछि मात्र डिपिआरको रिपोर्टका काम कन्सलटेण्टले काम गरेको थियो । डिपिआरका लागि  रु ८० लाखमा ठेक्का सम्झौता भएको थियो । 

पच्चीस रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । यो काम सकिने वित्तिकै अर्को वर्ष निर्माणका लागि ठेक्का प्रक्रियामा जान लागिएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल लगेजुले जानकारी दिनुभयो । स्वदेशी लगानीबाट निर्माण हुने यो आयोजना जाजरकोटको पहिलो आयोजना हुने छ । त्यस्तै ३३ केभी प्रशारण लाइनको सव–स्टेशनसमेत आयोजनास्थल चौखामा निर्माण गर्न लागिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप