बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ विरुद्धको लडाईमा युनिलिभर सक्रिय, जीवन र जीविकोपार्जनको संरक्षण गर्ने

बुधबार, २४ असार २०७७, १३ : १०
बुधबार, २४ असार २०७७

काठमाडौं। युनिलिभर नेपाल आफ्नो सामाजिक व्यवसायिक उत्तरदायित्व अन्तर्गत विश्वकै लागी चुनौती बन्न पुगेकोे कोभिड–१९ महामारी विरुद्धको लडाईको क्रममा  एक प्रेरणादायी कार्यमा जोडिन पुगेको छ । हालको महामारीले निम्त्याएको संकटको अवस्थामा  कम्पनीले स्वतन्त्र रुपमा निम्न कार्यहरु गरेको छ । सो कार्यको क्रममा कम्पनीको तर्फबाट प्रदान गरिएको राहत प्याकेज रु ३.७८ करोड बराबर रहेको छ ।

मेडिकल पूर्वाधारहरुलाई सुदृढ बनाउनका निमित्त सहकार्य गरिएकोः

गंभीर प्रकृतिका विरामीहरुको उपचारमा प्रयोग गर्नका लागि युनिलिभरद्वारा ५ वटा भेन्टिलेटर उपकरणहरु स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराइएको छ । साथै कम्पनीले मन्त्रालयलाई २८८० जनाको लागि कोभिड–१९ परीक्षण गर्न आवश्यक पर्ने स्वाब संकलन, नमूना भण्डारण र पिसिआर ट्युबहरुसहितको न्यूक्लेइक एसिड डायग्नोस्टिक पनि उपलब्ध गराएको छ ।

युनिलिभर नेपालले १ करोड ५७ लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरु उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यी उपकरणहरु कम्पनीको कार्यक्षेत्रभित्र परेका हेटौडा अस्पताल, मकवानपुर, भरतपुर अस्पताल, चितवन, नारायणी अस्पताल, वीरगञ्ज र वीर अस्पताल काठमाडौं गरी ४ मुख्य अस्पतालहरु लाई दिइने छ ।कम्पनीको कारखाना टिमको तर्फबाट पनि हेटौंडाका  विभिन्न निकायहरुलाई  एैन ९५ मास्क, सर्जिकल मास्क, निर्मलीकरण गरिएको पञ्जा र चिकित्सा चश्माहरु लगायतका पिपिइ सेट हस्तान्तरण गरिएका छन् ।
    
सुस्वास्थ्य र स्वच्छताको लागि उत्पादनहरु वितरण गरिएका छन्ः
कोभिड–१९ को महामारी लाई फैलिनबाट जोगिनका लागि हात धुनु सबैभन्दा प्रभावकारी उपाय मध्ये रहेको भनि हामी सबैलाई थाहा  छ । कम्पनीले नेपाल सरकारका निकायहरु जस्तैः स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालय, उद्योग विभाग, नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालयहरु र अन्य कार्यालयहरुलाई १५४,००० भन्दा बढी थान, लक्स, डोभ, लाइफब्वाय साबुन र लाइफब्वाय ह्याण्डवासहरु वितरण गरिसकेको छ ।

सर्वसाधारणहरुलाई अत्यावश्यक पर्ने सामग्रीहरु सहितको राहत प्याकेज प्रदानः
युनिलिभरद्वारा करिब ४२०० परिवारहरुलाई रासनसहितको राहत प्याकेज प्रदान गरिएको छ । स्थानीय वडा कार्यालयहरुको समन्वयमा वितरण गरिएको करिब ६८ लाख रुपैयाँ बराबरको यी राहत प्याकेजहरु हेटौंडामा २२००, वीरगञ्जमा १००० र चितवनमा १००० परिवारलाई वितरण गरिएको थियो । कम्पनीको कारखाना टिमले पनि हेटांैडामा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका १५० जना बालबालिका र ज्येष्ठ नागरिकहरुका लागि एक महिना बराबरको राहत उपलब्ध गराएको छ । 

सरकारद्वारा उद्योगलाई राहत स्वरुप प्रदान गरिएको सहायता रकम फिर्ता गरिएकोः
युनिलिभर नेपालले एस्.एस्.एफद्वारा उद्योगहरुलाई २०२० को अप्रिल, मे र जुन महिनाको लागी प्रदान गरिएको वित्तीय सहयोग वापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ । उक्त फिर्ता गरिएको रकम सो कोषद्वारा हालको समयमा सहायताको जरुरत परेका साना व्यवसायको कल्याणको लागी उपयोग गरिन सकिनेछ ।     
 
जनचेतना अभिवृद्धिमा हाम्रो सक्रियताः
युनिलिभरले हात धुने कार्यलाई धेरै भन्दा धेरै प्रोत्साहन गर्न महानायक राजेश हमालसँग समन्वय गरी सामाजिक सञ्जालहरुमा व्यापक रुपमा हातधुने सम्बन्धी जनचेतना अभियान संचालन गरेको छ । यसका अतिरिक्त युनिलिभरले सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न अभिप्रेरित गर्न समेत उद्देश्यमूलक सञ्चार अभियानहरु संचालन गरेको  छ । 

यसैगरी युनिलिभर नेपालले अनिश्चित भविष्य, अदृश्य चुनौतीहरु र कठिनाइहरुका कारण आफ्नो घर फर्किरहेका दाजुभाइ दिदीबहिनीहरुलाई खुल्ला एवं स्वच्छ ह्रृदयले मानवीय भावनाका साथ स्वागत गर्न युनिसेफसँग मिलेर हाम्रो नमस्ते अभियान समेत  चलाएको छ । यसरी घर फर्किरहेका व्यक्तीहरुलाई निजहरुको घर, आफन्त एवं देशवासीको सहयोग महत्वपूर्ण रहेको हुन्छ । हाम्रो नमस्ते अभियान नेपालमा राजेश हमालसँग मिलेर चलाइएको छ । यो अभियानमा कवितात्मक सन्देश प्रयोग गरिएको छ । सो सन्देशले सहानुभूति, ऐक्यवद्धताको महत्व तथा हाम्रा मेहनती दाजुभाई दिदीबहिनीहरुलाई खुल्ला मनका साथ स्वागत गरिनुपर्ने मर्म बोकेको छ ।  

युनिलिभर नेपालः
युनिलिभर नेपाल लिमिटेड (युएनएल) नेपालमा २७ वर्षको धरोहर भएको सबैभन्दा ठूलो तीव्र गतिमा अघि बढिरहेको उपभोक्ताहरुको कम्पनी हो । यो कम्पनी हिन्दुस्तान युनिलिभर लिमिटेड(भारतको सबैभन्दा ठूलो फास्ट मुभिङ्ग कन्जुमर गुड्स कम्पनी) को सहायक कम्पनी हो । सह्रृदयी बन्न, सुशिल–सुन्दर देखिन तथा जीवनबाट धेरै पाउन उद्धत एउटा उज्यालो भविष्य निर्माणको परिकल्पना गर्दै र हामीलाई एउटा अनुपम मौका दिंदै आएका १० नेपाली घर,गृहस्थ मध्ये ९ ले हाम्रा उत्पादनहरु दिनदिनै प्रयोग गर्दछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप