शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा होः एफबीआई निर्देशक

बुधबार, २४ असार २०७७, १२ : ४०
बुधबार, २४ असार २०७७

अमेरिकी गुप्तचर एजेन्सी एफबीआईका निर्देशकले चीन अमेरिकाको लागि सबैभन्दा ठूलो खतरा बताएका छन् ।

एफबीआईका निर्देशक क्रिस्टोफरले वासिङ्टनको हडसन इन्स्टिच्युटमा चीन सरकारको जासुुसी र सूचनाको चोरी, अमेरिकाको भविष्यका लागि अहिलेसम्मको सबैभन्दा ठूलो दीर्घकालीन खतरा बताएका छन् ।

उनले चीनले थुप्रै स्तरमा अभियान चलाइरहेको, विदेशमा बस्ने चिनियाँ नागरिकलाई निशाना बनाउन सुरु गरेको, उनीहरुलाई फिर्ता हुन बाध्य बनाएको र अमेरिकाको कोरोनाभाइरस माथिको अनुसन्धानलाई कमजोर बनाउन कोसिस गरेको आरोप लगाएका छन् ।

क्रिस्टोफरले भने, ‘यो सबैभन्दा ठूलो दाउ हो । चीनले जसरी पनि संसारको एक्लो सुपरपावर बन्ने कोसिस गरिरहेको छ ।’

एफबीआई निर्देशकले चीनको यो खतराबारे अबका हप्तामा अमेरिकी अटोर्नी जनरल र विदेशमन्त्रीले पनि ध्यान दिने बताएका छन् ।

अमेरिकी अधिकारीको यो भाषण यस्तो समय आएको हो जब अमेरिका र चीनबीच कोरोना महामारी र चिनियाँ एप्सको विषयमाथिको  तनाव चरम स्थितीमा छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोना महामारीका लागि लगातार चीनको आलोचना गरिरहन्छन् र चीनमाथि संसारभरी कोरोना फैलाएको ठाडो आरोप पनि लगाउँछन् ।

यसबाहेक यसै हप्ता अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिका चीनमा बनेको एप्सलाई प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको जसमा टिकटक पनि समावेश भएको जानकारी दिएका थिए ।

पोम्पियोले भने, ‘यी एप्स चिनियाँ कम्युनिष्ट पार्टीको निगरानी गर्ने सरकारको एउटा माध्यम हो ।’

मंगलबार लगभग एक घण्टा लामो भाषणमा एफबीआई निर्देशकले चीनले कसरी बाधा पारिरहेको सबिस्तार बताए ।

उनले भने, ‘चीनले आर्थिक जासुसी गरिरहेको छ, डाटा र पैसा चोरिरहेका छन् र अवैध राजनीतिक गतिविधिमा पनि जुटेको छ जसमार्फत् उसले घुस र ब्ल्याकमेलको सहारामा अमेरिकी नीतिलाई प्रभावित पार्ने कोसिस गरिरहेको छ ।’

रेले भने, ‘आज हामी यस्तो स्थितीमा उभिएक छौं जहाँ एफबीआईले हरेक १० घण्टामा चीनसँग जोडिएको गोप्य मामिला दर्ता गर्नु परिरहेको छ । अहिले देशभरी यस्ता ५ हजार मुद्दा दर्ता छन् जसमा लगभग आधा चीनसँग सम्बन्धित छन् ।’

एफबीआई निर्देशकले बताए अनुसार चिनियाँ राष्ट्रपति शी जिनपिङले नयाँ कार्यक्रम सुरु गरेका छन् जसको नाम हो – फक्स हन्ट । यसमार्फत् विदेशमा बसिरहेका ती चीनियाँ नागरिकलाई निशाना बनाइँदैछ जुन चिनियाँ सरकारका लागि खतरा मानिएको छ ।

उनका अनुसार यसमा राजनीतिक प्रतिद्वन्द्वी, असन्तुष्ट र आलोचक समावेश छन् जो चीनमा जारी मानवाधिकार उल्लंघनलाई उजागर गर्न चाहन्छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप