शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो

बुधबार, २४ असार २०७७, ११ : १६
बुधबार, २४ असार २०७७

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप