मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा मास्क नलगाउने ६४ जना पक्राउ

बुधबार, २४ असार २०७७, १० : २६
बुधबार, २४ असार २०७७

लहान । मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । 

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
 
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । 

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए । 

रगतको अभाव हुन नदिन रक्तदान

कोरोना भाइरस सङ्क्रमणका बेला रगतको अभाव हुन नदिन सिरहाका २६ युवाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लहानको समन्वयमा नगर युवा सञ्जाल सुखीपुरद्वारा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको सञ्जालका अध्यक्ष सुनिलकुमार यादवले जानकारी दिए । 

लकडाउनको समयमा रक्तदाता घटेकाले रगतको अभाव हुन थालेपछि रक्तदान गरिएको सञ्जाल अध्यक्ष यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप