मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विकास दुबेका बडीगार्ड अमर दुबे इन्काउन्टरमा मारिए, प्रहरीले राखेका थिए २५ हजार इनाम

बुधबार, २४ असार २०७७, १० : १६
बुधबार, २४ असार २०७७

भारतको उत्तर प्रदेशका प्रहरीका अनुसार कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेका बडीगार्डको इन्काउन्टर भएको छ ।

समाचार एजेन्सी पिटिआईले युपीको स्पेशल टास्क फोर्सका महानिरिक्षक (आइजी) अमिताभ यशलाई उद्धृत गर्दै अमर दुबेको राज्यको हमिरपुर जिल्लामा एक मुठभेडमा मृत्यु भएको जानकारी दिएको छ ।

प्रहरी अधिकारीका अनुसार अमर दुबे कानपुर मुठभेडका सह–अभियुक्त थिए । केही भारतीय मिडिया रिपोर्टका अनुसार उनले विकासको बडीगार्डको रुपमा पनि काम गर्दथे । 

उत्तर प्रदेश पुलिसले मंगलबार दिएको आफ्नो जानकारीमा प्रहरीको ४० वटा समूहले विकास दुबेको लगातार खोजी गरिरहेको छ ।

कानपुरमा २–३ जुलाईको रात विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरी समूहमाथि भएको हमलामा एक डीएसपीसमेत आठ प्रहरी मारिएका थिए ।

उक्त घटनापछि प्रहरीले अपराधीको तस्बिर जारी गरेको थियो, त्यसमा अमरको नाम शीर्ष स्थानमा थियो । प्रहरीले उनीमाथि २५ हजार भारुको इनाम पनि घोषणा गरेका थिए । एक समाचार रिपोर्टका अनुसार उनी आरोपी विकास दुबेका काकाका छोरा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप