मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्युठानमा खोलाले बगाउँदा एक महिला बेपत्ता

बुधबार, २४ असार २०७७, ०९ : ३७
बुधबार, २४ असार २०७७

खोलाले बगाउँदा एक महिला बेपत्ता हुनु भएको छ ।  स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर मङ्गलबार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा चार प्रहरी खटेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप