मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण, कहाँ–कहाँ थपिए ?

बुधबार, २४ असार २०७७, ०७ : ४५
बुधबार, २४ असार २०७७

कैलाली । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप१०८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ३०, धुलिखेल अस्पतालको प्रयोगशालाबाट ५४, सेती प्रादेशिक धनगढीको प्रयोगशालाबाट २२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

पुष्टि भएकामध्ये कैलालीका ११ पुरुष र ६ महिला तथा  अछामका ९ पुरुष र ७  महिला रहेका छन् । त्यसैगरी, बाजुराका ३९  पुरुष र १५ महिला, बैतडीका १० पुरुष र २ महिला, डोटीका ४ पुरुष र ३ महिला, डडेल्धुराका १ पुरुष र १ महिला  रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रदेशमा हालसम्म २३ हजार ५४८ जनाको पीसीआर विधिबाट जाँच गरिएको र १९ हजार ८९८ मा नेगेटिभ आएको उनले बताए । २ हजार १७४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १६ हजार ९८४ जनामा परीक्षण गरिएको छ ।

 हालसम्म फेला परेका संक्रमितहरु अछामका ५७०, बैतडीका २९५, बझाङ्गका १३९ ,बाजुरा ४४४, डडेल्धुराका २६९, दार्चुलाका १७, डोटीका ५२१ , कैलालीका ९६७ र कञ्चनपुरका ४२८ गरि ३ हजार ६५० रहेका छन् । जसमा महिला ८४५ र पुरुष २ हजार ८०५ छन् ।

क्वारेन्टिनमा ३ हजार ९८५ पुरुष र १ हजार १०१ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित १०३ गरी ११८ जनाको उपचार भइरहेको छ । ७०३ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ९, टिकापुरमा ४२, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २,  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भई रहेको उनले बताए । बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

उनले मंगलबार मात्रै कैलालीबाट ३ अछाम ३०, कञ्चनपुरबाट १ जना संक्रमित गरी ३४ जना निको भएर घर गएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप