पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु
सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति रोक्न सकिएको छैन ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भूगर्भ विभागले मिलेर असरमा आधारित पहिरो पूर्वसूचना प्रणालीको विकासले काम थालिसकेको छ । “यस वर्ष प्रयास सुरु गरौँ भनेर तीनै निकायको संयुक्त पहलमा नक्साङ्कन थालेका छौँ,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने ।
पोखरेलले पहिरो पूर्वानुमान त्यति सजिलो नभए पनि असम्भव नै भने नभएको बताए । त्यस क्रममा सबैभन्दा पहिले चितवनको कविलास र गोरखामा पहिरोको पूर्वानुमान गरिएको थियो । ती परियोजना अहिले बन्द छन् । देशव्यापी सञ्जालका रूपमा पहिरो पूर्वसूचना प्रणाली निर्माण गर्ने सुरुआतका क्रममा भूकम्पले थिलथिलो बनाएका १४ वटा जिल्लाका हरेक नगरपालिका र गाउँपालिकामा पहिरो जोखिम नक्साङ्कनको काम सकिएको पोखरेलले जानकारी दिए ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी