मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शरीर जोडिएका संसारकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको निधन

मङ्गलबार, २३ असार २०७७, २३ : ५६
मङ्गलबार, २३ असार २०७७

वासिङ्टन । शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) रोनी र डोनी ग्लेयानको निधन भएको छ । उनीहरुको ६८ वर्षको उमेरमा निधन भएको हो । उनीहरुले डेटनको एक अस्पतालमा प्राण त्यागेका छन् । उनीहरुका भाई जिमले निधनको खबरको पुष्टि गरेका छन् ।

उनीहरुको अन्य कुनै रोगले नभई प्राकृतिक मृत्यु भएको जनाइएको छ । यी जुम्ल्याहा दाजुभाइको जन्म २८ अक्टोबर १९५१ मा अमेरिकाको ओहायोमा भएको थियो । उनीहरुले सानै उमेरेदेखि सर्कसमा काम पाएका थिए । असहाय भएपनि उनीहरु निकै परिश्रमी थिए । ३ वर्षकै उमेरदेखि सर्कसमा जोडिएका उनीहरुले सन् १९९१ सम्म त्यो काम गरेका थिए ।

त्यसपछि उनीहरु आफ्ना भाइ बुहारीसँग बस्दै आएका थिए । भाई जिम र उनकी पत्नीले जुम्ल्याहाको राम्रो हेरबिचार गर्दै आएका थिए । रोनी र डोनीले सन् २०१४ मा ६३ वर्षको उमेर पार गरेसँगै जीवनको सबैभन्दा लामा यात्राको कीर्तिमान बनाएका थिए । त्यसअघि यो रेकर्ड अमेरिकी मूलका चेङ र बंकरको नाममा थियो । उनीहरु ६२ वर्ष बाँचेका थिए ।

सन् २०१० मा रोनी र डोनीको नाममा टिएलसी च्यानलले एउटा वृत्तचित्र बनाएर प्रसारण गरेको थियो । उनीहरु दुई भाईको पेट जोडिएको थियो । उनीहरुको कम्मरदेखि तलको भाग एउटै र कम्मरभन्दा माथि दुई जना थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप