बेइजिङमा पहिलोपटक पछिल्लो २४ घण्टामा कुनै नयाँ सङ्क्रमित भेटिएनन्
एजेन्सी । बेइजिङले शहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः कोभिड–१९ सङ्क्रमित भेटिएपछि पहिलोपटक विगत २४ घण्टामा कुनै नयाँ सङ्क्रमित नभेटिएको जनाएको छ ।
बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर सङ्क्रमित विरामीहरू भेटिने गरेको भएपनि पहिलो पटक विगत २४ घण्टामा कुनै कोरोनाभाइरस सङ्क्रमित विरामी नभेटिएको उल्लेख छ ।
समग्रमा पछिल्लो सङ्क्रमण श्रृङ्खलामा अहिलेसम्म ३३५ व्यक्ति सङक्रमित भेटिएकोमा १५ जना निको भै घर फर्किसकेका छन् । त्यस्तै ३२० जनाको उपचार भइरहेको र ३१ जनामा सङ्क्रमणका कुनै लक्षण नदेखिएको तर उनीहरूलाई पनि अस्पतालको निगरानीमा राखिएको बताइएको छ ।
चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा आइसकेको घोषणा भएको केही महिनापछि फेरि नयाँ विरामीहरू भेटिएका र तीमध्ये दर्जनौँ विरामीहरू सिनफादी बजारसँग कुनै न कुनै रूपमा जोडिएकाले उक्त बजार र वरपरका करिब उक दर्जन वस्तीमा लकडाउन गरी नियन्त्रण तथा रोकथाम प्रयासलाई सशक्त पारिएको थियो ।
चीनले मङ्गलबार देशभरका विभिन्न छ प्रान्तका आठ व्यक्तिमा सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । यससँगै चीनमा पहिले र अहिले गरी कूल ८३ सङ्क्रमितको सङ्ख्या हजार ५६५ पुगेको छ भने ७८ हजार ५२८ जना निको भई घर फर्किएका छन् । चीनमा मङ्गलबारसम्ममा चार हजार ६३४ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ