शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा १ करोडभन्दा बढी व्यक्तिको कोरोना परीक्षण

मङ्गलबार, २३ असार २०७७, २२ : ४२
मङ्गलबार, २३ असार २०७७

एजेन्सी । भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षण सङ्ख्या १ करोडभन्दा बढी पुगेको भारतीय संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार मङ्गलबारसम्म ६१.१३ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् । भारतभर एक हजार ११५ ल्यावबाट कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको छ । त्यस्तै भारतमा मङ्गलबारसम्म कूल चार लाख ३९ हजार ९४७ व्यक्ति कोभिड–१९ सङ्क्रमणपछि निको भएका पुष्टि भएको छ । 

‘अहिलेसम्म कूल कूल चार लाख ३९ हजार ९४७ व्यक्ति कोभिड–१९ सङ्क्रमणपछि निको भएका र यो सङ्ख्या हाल सङ्क्रमित रहेका विरामीको सङ्ख्याभन्दा एक लाख ८० हजार ३९० बढी रहेको अर्थात् कूल ६१.१३ प्रतिशत व्यक्ति निको भईसकेका छन्’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विगत २४ घण्टामा भारतमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २२ हजार २५२ रहेको छ भने योसँगै कूल सङ्क्रमितको सङ्ख्या सात लाख १९ हजार ६६५ पुगेको छ । 

सङ्क्रमणका हिसाबले हेर्दा भारत विश्वको बढी प्रभावित मुलुकमध्ये तेस्रो स्थानमा रहेको छ । भारतमा विगत २४ घण्टामा ४६७ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कोभिड–१९ सँग सम्बन्धित मृत्यु सङ्ख्या २० हजार १६० रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप