शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ करोड १३ लाख– विश्व स्वास्थ्य संगठन

मङ्गलबार, २३ असार २०७७, २२ : ३७
मङ्गलबार, २३ असार २०७७

एजेन्सी । विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या ५ लाख ३२ हजारभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको सङ्ख्या १ करोड १३ लाखभन्दा बढी पुगेको छ । तर जोन हकिन्स विश्वविद्यालयकाअनुसार विश्वभर सङ्क्रमितको सङ्ख्या १ करोड १५ लाख रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच लाख ३६ हजारभन्दा बढी पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ६२ लाखभन्दा बढी रहेको छ ।

विश्वमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । सङ्क्रमणका हिसाबले भारत विश्वको बढी प्रभावित मुलुकहरूमध्ये तेस्रो स्थानमा रहेको छ । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि बेलायतमा बढी रहेको छ । बेलायतमा मङ्गलबारसम्म कूल ४४ हजार २३६ को मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या भने दुई लाख ८५ हजार ७६८ मात्रै रहेको छ । 

सङ्क्रमण र मृत्युका हिसाबले हेर्दा विश्वमा बढी प्रभावित अन्य मुलुकहरूमा इटली, स्पेन, रूस, पेरू, फ्रान्स, मेक्सिको र जर्मनीलगायतका मुलुकहरू रहेका छन् ।   विश्व स्वास्थ्य सङ्गठनले विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण महामारी को अवस्था आएको घोषणा गत मार्च ११ मा गरेको थियो । सर्वप्रथम कोरोनाभाइरस सङ्क्रमणको पुष्टि चीनको वुहान शहरमा भएको थियो । 

ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु 

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबार ६५ हजार ४८७ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ६२० रहेको छ ।

त्यस्तै विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थप २० हजार २२९ ले वृद्धि भएको छ । अहिलेसम्म ब्राजिलमा १६ लाख २३ हजार २८४ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् । सोमबार ब्राजिलमा  नयाँ सङ्क्रमितको सङ्ख्या २६ हजार रहेको थियो भने मृत्यु सङ्ख्या ६०२ रहेको थियो ।

ब्राजिलमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण उपचारपछि निको हुनेको सङ्ख्या नौ लाख २७ हजार २९२ रहेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप