शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा एकैदिन नौजना सङ्क्रमित

मङ्गलबार, २३ असार २०७७, २१ : ४९
मङ्गलबार, २३ असार २०७७

प्रदेश नं १ मा  आज  नौ जनामा कोभिड–१९ सङ्क्रमित पुष्टि भएको छ । यसरी सङ्क्रमित हुनेहरुमा मोरङका छ, सुनसरीका दुई र झापाका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार आज पोजेटिभ देखिएकाहरुमा मोरङको विराटनगरका दुई महिलासहित छ, सुनसरीको धरानका एक महिलासहित दुई र झापाको बाह्रदशीका एकजना रहेका छन् । प्रदेशमा योसँगै जम्मा सङ्क्रमितहरुको सङ्ख्या ६८५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  
    
    यस्तै प्रदेशबाट आज सात सङ्क्रमितहरु निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका तीन महिलासहित सातजना घर फर्केका छन् । निको हुनेहरुमा मोरङका चार र सुनसरीका तीनजना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य धु्रव उरावले जानकारी दिए । निको हुनेहरुमा छ वर्षीया बालिकादेखि ५० वर्ष उमेर समूहका रहेका उनले बताए । योसँगै प्रदेशमा निको भई घर फर्कनेहरुको सङ्ख्या ४७९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप