शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसलाई सामान्य फ्लु भन्दै मास्क नलगाउने ब्राजिलका राष्ट्रपतिलाई संक्रमण पुष्टि

मङ्गलबार, २३ असार २०७७, २१ : ४१
मङ्गलबार, २३ असार २०७७

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बोल्सोनारोले मंगलबार ब्राजिलियन टेलिभिजनमा बोल्दै यसको जानकारी दिएका हुन् ।

‘सबैलाई थाहा थियो, ढिलोचाँडो यसबाट जनसंख्याको धेरै हिस्सा प्रभावित हुनेछन् । म पनि पोजेटिभ देखिएको छु,’ सोमबार कोभिड–१९ को परीक्षण गराएका उनले भने । सीएनएन ब्राजिलका अनुसार राष्ट्रपतिलाई हाइड्रोसीक्लोरोकिन र एजिथ्रोमाइसिन प्रयोग गरेर उपचार भइरहेको छ ।

मिडिया रिपोर्टमा उनलाई ज्वरो आएको कुरा छापिएपछि सोमबार राष्ट्रपति भवन बाहिर समर्थकहरुसँग कुराकानी गर्दै आफूले परीक्षण गरेको र फोक्सो सफा रहेको बताएका थिए । मास्क लगाएका उनले मानिसहरुलाई आफ्नो नजिक नआउन सुझाव दिएका थिए । सोमबार उनलाई कोभिड–१९ को लक्षण देखिन थालेको र १०० डिग्री फेरेन्हाइट ज्वारो पनि देखिएको समाचार प्रकाशित भएको थियो ।

यसअघि, कोरोनभाइरसलाई सामान्य फ्लु बताउँदै आएका बोल्सोनारो र्याली र सार्वजनिक कार्यक्रममा मास्क बिना नै सहभागी हुने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप