शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरे अमेरिकाबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नै देश फिर्ता हुन सक्ने

निर्णयले १० लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरु प्रभावित हुने अनुमान
मङ्गलबार, २३ असार २०७७, २१ : २४
मङ्गलबार, २३ असार २०७७

यदी विश्वविद्यालयले अनलाइन कक्षा मात्र सञ्चालन गर्ने निर्णय गरे अमेरिकामा पढ्न आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले देश छाड्न पर्ने हुनसक्ने इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई) ले सोमबार बताएको छ । कोरोनाभाइरसको महामारीका कारण हार्भड र प्रिन्सटनजस्ता अमेरिकाका धेरै विश्वविद्यालयले क्याम्पसमा रहेका विद्यार्थीहरुलाई समेत कोर्सका केही अंश अनलाइन कक्षा मात्र दिने घोषणा गरिसकेको छ ।

यदी यो लागू भए अमेरिकामा हाल अध्ययन गरिरहेका १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु प्रभावित हुनेछन् । इन्सटिट्युट अफ इन्टरनेसनल एजुकेसनका अनुसार सन् २०१८–१९ मा १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययन गरिरहेका थिए ।

यसमध्ये धेरै विद्यार्थी एसियाली मुलुकका रहेका छन् । सबैभन्दा धेरै चीनबाट ३ लाख ६९ हजार ५४८ र भारतबाट २ लाख २ हजार १४ रहेका छन् । पाँचौ स्थानमा क्यानाडाबाट २६ हजार १२२ र १० औँ स्थानमा मेक्सिकोबाट १५ हजार २२९ रहेका छन् ।

आईसीईले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका विश्वविद्यालयमा पढ्न आउन लागेका विद्यार्थीहरुलाई भिसा पनि जारी नगर्ने बताएको छ । र, त्यस्ता विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई अमेरिकामा प्रवेश नदिने बताएको छ ।

अमेरिकी काउन्सील अफ एजुकेसनका उपाध्यक्ष ब्राड फ्रान्सवर्थले यो घोषणाले सबैलाई आश्चर्यचकित बनाएको बताएका छन् । यसले थप अन्यौलता र अनिश्चितता ल्याउने उनको प्रतिक्रिया छ ।

स्रोतः सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप