भक्तपुर हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी जाम
भक्तपुर । भक्तपुरको जगाती हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ । विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । सो नाका हुँदै उपत्यका भित्रिनेहरुलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ । चेकजाँचका क्रममा सो सडक खण्डमा जाम परेको हो ।
सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएपनि अत्यावश्यक सवारी र सम्बन्धित निकायबाट पास लिएर आवतजावत गर्नेहरुको संख्यामा भने कमी आएको छैन् । कोरोना भाइरस (कोभिड—१९) संक्रमण न्युनिकरणका लागि भन्दै सरकारले लकडाउन गरेपछि पछिल्लो समय केही खुकुलो भएसँगै नीजि सवारी साधन सञ्चालनमा रहेका छन् ।
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्दै जिल्लाभित्र जोर विजोर प्रणालीबाट सवारी सधान सञ्चालन गर्न दिएको छ । मंगलबार भक्तपुरको जगातीमा उपत्यका भित्रिने सावारीसाधनको चेकजाँच गरिएपछि सवारी साधनको लामो लाइन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर