शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेका किशोरको हात काट्नुपर्ने

मङ्गलबार, २३ असार २०७७, १९ : ००
मङ्गलबार, २३ असार २०७७

रौतहट । रौतहटमा करेन्ट लागेर घाइते भएका एक किशोरको हात काट्नुपरेको छ । करेन्ट लागेर गम्भीर घाइते कटहरिया १ भसेढवा कठौतिया टोलका योगेन्द्र दाशको १५ वर्षीय छोरा आकाश दासको दाहिने हात काट्नुपरेको हो ।  दाशको दाहिने हात जलेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।

करेन्टका कारण हातको रक्त सञ्चारनै अवरुद्ध भएकाले काट्नुको विकल्प नरहेको उपचारमा संलग्न नेशनल मेडिकल कलेज वीरगञ्जका डाक्टर विनोदकुमार रायले जानकारी दिए । गत १४ गते आइतबार दाउरा लिन जंगलमा गएका उनी जामुन टिप्न रुखमा चढ्ने क्रममा ३३ केभी विद्युत प्रसारण लाईनको तारमा करेन्ट लागेर तल खसेका थिए । दाउरा लिन सँगै गएका उनका कान्छाभाइ १० वर्षीय अविनास दासले गुहार लगाएपछि गाउँलेहरुको सहयोगमा अचेत आकाशलाई एम्बुलेन्सबाट उपचारका लागि नेसनल मेडिकल वीरगञ्ज पुर्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप