केन्द्रीय संस्करण
सुरक्षा

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त

person explore access_timeअसार २३, २०७७ chat_bubble_outline0

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षत्री नियुक्त भएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा नियुक्त गरेको हो ।

बरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गरेको हो । क्षत्रीलाई आईजीपी बनउने निर्णय भएको ऊर्जामन्त्री वर्षमान पुनले रातोपाटीलाई बताए । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । 

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार थापाको बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

हाल थापा मानवस्रोत एवम् प्रशासन विभागका प्रमुखका रुपमा कार्यरत थिए । ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलतालगायतका आधारमा थापालाई आईजीपीमा नियुक्त भएका हुन् । 

थापासँगै एआईजी हरि पाल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे थापाले २२ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् । 

निवर्तमान आईजीपी ठाकुर ज्ञवालीले असार २४ गतेबाट ३० वर्षे सेवा अवधीका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो । 

ज्ञवालीसहित एक एआईजी तारिणी प्रसाद लम्साल र उनका ब्याचका डीआईजी सुर्य उपाध्यायले पनि सेवाहदका कारण बुधबारबाट अवकाश पाउँदैछन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.