
प्रहरी सहायक निरीक्षक घुससहित रंगेहात पक्राउ

जनकपुर । सर्लाहीमा प्रहरी सहायक निरीक्षक घुस लिँदै गर्दा पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक राम विश्वासराय यादव ५ हजार घुससहित रंगेहात पक्राउ परेका हुन् ।
मंगलबार इश्वरपुर नगरपालिकास्थित प्रहरी चौकी गौरीशंकरमा कार्यरत यादव ५ हजार घुससहित रंगेहात कार्यालयबाट पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासले जनाएको छ ।
इश्वरपुर नगरपालिका– १०, श्रीनगर, महारानी बजारस्थित आफ्नै कार्यालय परिसरबाट रंगेहात पक्राउ परेको यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना र उजुरीको आधारमा यादव आयोगबाट खटेको टोलीको फन्दामा परेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ