शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरिता गिरीको कारवाही फिर्ता लिन अनुरोध

मङ्गलबार, २३ असार २०७७, १८ : ०३
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीमाथि गरेको कारवाही फर्ता लिन राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।  आयोगकी सदस्य मोहना अन्सारीले पार्टीलाई सो आग्रह गरेकी हुन् । पार्टीले कारवाही गरेको समाचार बाहिर आउने वित्तिकै उनले आज आफ्नो ट्वीटरमा लेखेकी छिन्, ‘सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निस्काशन र सांसदबाट निलम्बन हुने विषय खेदनजनक छ ।’

संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरित रहेको भन्दै उनले सो निर्णय फिर्ता लिन आग्रह गरेकी छिन् । समाजवादी पार्टीको आज बसेको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ । नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएका कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।

नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् । सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलले सो विधेयक फिर्ता लिनका लागि निर्देशन दिएको थियो ।

फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो विधेयक फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै उनलाई कारवाही गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप