शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा महानगरका ३ संक्रमितले जिते कोरोना

मङ्गलबार, २३ असार २०७७, १७ : ५४
मङ्गलबार, २३ असार २०७७

कास्की । पोखरा महानगरपालिकाका ३ कोरोना संक्रमितले कोरोना जितेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत ३ संक्रमितले कोरोना जितेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यकाअुनसार पोखरा महानगरपालिका वडा नम्बर २१, १० र २९ का ३ संक्रमित निको भएर घर फर्किएका हुन् ।

निर्देशक आचार्यकाअनुसार वडा नम्बर २१ का २७ वर्षीय पुरुष, वडा नम्बर १० का ४० वर्षीय पुरुष । यसैगरी, वडा नम्बर २९ का ३५ वर्षीय पुरुष निको भएर घर फर्केका हुन् ।निर्देशक आचार्यका अनुसार वडा नम्बर २१ का संक्रमित असार १९ गते अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए भने बाँकी २ जना २० गते आइसोलेसन कक्षमा भर्ना भएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा अझैं १८ जना उपचाररत छन् । हिजो मात्रै अस्पतालबाट १३ जना संक्रमित निको भएर घर फर्केका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप