मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनाले जिते कोरोना

मङ्गलबार, २३ असार २०७७, १७ : ४३
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमित ११ जना बिरामी निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ७ वर्षीय बालकदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरु समेत रहेका छन् । प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाका अनुसार झापाका ७ र सुनसरीका  ४ जनाले कोरोनालाई जितेका हुन्  ।

जसमध्ये ४ जना पुरुष र ७ जना महिला रहेका छन् । प्रवक्ता सापकोटा अनुसार प्रतिष्ठानबाट हालसम्म २११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म प्रतिष्ठानमा १० हजार ५ सय ६७ जनाको पिसिआर परीक्षण गरिएको जनाइएको छ । अहिले प्रतिष्ठानमा ४७ जना उपचाररत रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप