बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा खेत जोतेर फर्केको ट्याक्टरले च्यापेर चालकको मृत्यु

मङ्गलबार, २३ असार २०७७, १७ : ३१
मङ्गलबार, २३ असार २०७७

पोखरा । खेत जोतेर फर्किने क्रममा ट्याक्टरले च्यापेर कास्कीमा चालकको ज्यान गएको छ । प्रहरीका अनुसार कास्कीको माछापुछ्रे गाउँपालिकामा खेत जोतेर फर्किने क्रममा अनियन्त्रित भएर ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको हो । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका, ४ बाटुलेथरमा खेत जोतेर फर्किने क्रममा ट्याक्टर पल्टिएको थियो । ग १ त २२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५ मिटर तल खसेको थियो । 

ट्याक्टर पल्टिएर चालक माछापुछ्रे गाउँपालिकाकै चालक ४५ वर्षिय रामचन्द्र अधिकारीलाई च्यापेको प्रहरीले उल्लेख गरेको छ । ट्याक्टरले च्यापेर घाईते भभएका चालक रामचन्द्रलाई उपचारको लागि मनिपाल अस्पताल पठाइएको थियो । 

तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले नियमित प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप