शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैंकले ब्रोकर लाइसेन्स पाउने भएपछि शेयर बजारमा उछाल, १४९ कम्पनीको मूल्य बढ्यो

मङ्गलबार, २३ असार २०७७, १५ : ४६
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरिएसँगै शेयर बजारमा उछाल देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब ३८ अंकले बढेर १३३६ अंकमा पुगेको हो । अघिल्लो दिन पनि करिब ३३ अंकले बढेको थियो । सो दिन कारोबार रकम समेत बढेर १ अर्ब २१ करोड रुपैंया पुगेको छ । 

मंगलबारको कारोबारमा सबै परिसूचक र उपसुचकसहित नेप्से परिसूचक २.९२ प्रतिशतले बढेको छ । उपसूचकमध्ये सबैभन्दा बढी होटल परिसूचक ८.८८ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमा ६.६२ प्रतिशतल बढ्दा अन्य परिसूचकको वृद्धिदर भने औसत नजिक नै देखिएको छ ।

सो दिन २३ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । सो दिन १७८ शेयरको स्क्रिपको कारोबार हुँदा १९ वटाको मूल्य घटेको छ । १० वटा कम्पनीको मूल्य बराबर रहँदा बाँकी १४९ कम्पनीको शेयर मूल्य बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप