शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्ड ‘वान टु वान’ : छलफललाई निरन्तरता दिने, भोलिको स्थायी समिति नरोक्ने

मङ्गलबार, २३ असार २०७७, १५ : ०६
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफललाई निरन्तरता दिने सहमति भएको छ । 

मंगलबार झण्डै चार घण्टा भएको ओली र प्रचण्डबीचको छलफल सोमबारकै निरन्तरता भएको र भोलि पुनः बस्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

 ‘छलफललाई निरन्तरता दिने र भोलिको स्थायी समिति बैठक पनि बस्ने सहमति भएको छ’, सापकोटाले रातोपाटीसँग भने,‘ सौहार्दपूर्ण कुराकानी भएको भन्ने बुझिएको छ तर कुनै सहमति भएको छैन ।’ 

उनले भोलिको स्थायी समिति बैठक अघि वा पछि कुनैपनि समयमा दुई नेताबीच छलफल हुनसक्ने बताए । नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक २ पटक स्थगित भैसकेको छ । 

बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनमा दिनुपर्ने बताउँदै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप