३७ वर्षका कोरोना संक्रमित पत्रकारले अस्पतालको चौथो तल्लाबाट हाम फालेर गरे आत्महत्या
भारतको दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा कोरोना भाइरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । अस्पतालबाट हाम फालेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्यान बचाउन नसकिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
स्रोतका अनुसार पत्रकार एक हिन्दी पत्रिकाका लागि काम गर्दथे । पूर्वोत्तर दिल्लीको भजनपुरामा बस्ने ३७ वर्षका पत्रकार तरुण सिसोडियालाई केही दिनअघि कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो । तत्पश्चात् उनी दिल्लीको एम्समा कोरोना वार्डमा भर्ना भएका थिए । स्रोतका अनुसार २४ जूनमा एम्सको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । पछि उनलाई हाई डिपेन्डेन्सी युनिटमा सारिएको थियो । एम्सका अनुसार उनी पहिलो तलमा सरेका थिए ।
घटना दिउँसो करिब २ बजेकोः
पुलिस उपायुक्त देबेन्द्र आर्यका अनुसार पत्रकारमा कोरोनाभाइरसको संक्रमण देखिएपछि २४ जूनमा ट्रमा सेन्टको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो ।
Deeply shocked & saddened by the death of young journalist Shri Tarun Sisodia ji.
— Dr Harsh Vardhan (@drharshvardhan) July 6, 2020
It was a most unfortunate incident. I have no words to express my grief.
My condolences to his whole family,esp his wife & young children
May God give them the strength to bear this irreparable loss pic.twitter.com/nAUb0ky0AO
अस्पताल प्रशासनका अनुसार घटना दिउँसो करिब २ बजेको हो ।
‘तरुण सोमबार दिउँसो आफ्नो कोठाबाट भागे । त्यहाँ भएकाहरुले उनलाई रोक्न खोजे तर उनी अस्पतालको चौथो तलामा पुग। झ्यालको सीसा तोडे र हाम फाले,’ अस्पताल प्रशासनले जानकारी दिएको छ ।
पत्रकारको आत्महत्यापछि अस्पतालमा कोकोहोलो मच्चिएको थियो । प्रहरी पुगेपछि स्थिती शान्त भएको थियो ।
ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियोः
एम्सका डाक्टरका अनुसार पत्रकारले हालै आफ्नो ब्रेन ट्युमरको शल्यक्रिया गराएका थिए । त्यसको केही दिनपछि नै उनलाई कोरोनाको संक्रमण देखिएको थियो । उनले आत्महत्या गर्नुको कारण भने स्पष्ट हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का