बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

३७ वर्षका कोरोना संक्रमित पत्रकारले अस्पतालको चौथो तल्लाबाट हाम फालेर गरे आत्महत्या

मङ्गलबार, २३ असार २०७७, १४ : ३६
मङ्गलबार, २३ असार २०७७

भारतको दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा कोरोना भाइरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । अस्पतालबाट हाम फालेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्यान बचाउन नसकिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

स्रोतका अनुसार पत्रकार एक हिन्दी पत्रिकाका लागि काम गर्दथे । पूर्वोत्तर दिल्लीको भजनपुरामा बस्ने ३७ वर्षका पत्रकार तरुण सिसोडियालाई केही दिनअघि कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो । तत्पश्चात् उनी दिल्लीको एम्समा कोरोना वार्डमा भर्ना भएका थिए । स्रोतका अनुसार २४ जूनमा एम्सको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । पछि उनलाई हाई डिपेन्डेन्सी युनिटमा सारिएको थियो । एम्सका अनुसार उनी पहिलो तलमा सरेका थिए ।

घटना दिउँसो करिब २ बजेकोः

पुलिस उपायुक्त देबेन्द्र आर्यका अनुसार पत्रकारमा कोरोनाभाइरसको संक्रमण देखिएपछि २४ जूनमा ट्रमा सेन्टको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो ।

अस्पताल प्रशासनका अनुसार घटना दिउँसो करिब २ बजेको हो ।

‘तरुण सोमबार दिउँसो आफ्नो कोठाबाट भागे । त्यहाँ भएकाहरुले उनलाई रोक्न खोजे तर उनी अस्पतालको चौथो तलामा पुग। झ्यालको सीसा तोडे र हाम फाले,’ अस्पताल प्रशासनले जानकारी दिएको छ ।

पत्रकारको आत्महत्यापछि अस्पतालमा कोकोहोलो मच्चिएको थियो । प्रहरी पुगेपछि स्थिती शान्त भएको थियो ।

ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियोः

एम्सका डाक्टरका अनुसार पत्रकारले हालै आफ्नो ब्रेन ट्युमरको शल्यक्रिया गराएका थिए । त्यसको केही दिनपछि नै उनलाई कोरोनाको संक्रमण देखिएको थियो । उनले आत्महत्या गर्नुको कारण भने स्पष्ट हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप