शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंगोलियामा बाढीबाट ८ मानिस र हजारौँ चौपाया मरे

मङ्गलबार, २३ असार २०७७, १४ : ०७
मङ्गलबार, २३ असार २०७७

एजेन्सी । मंगोलियामा आएको भिषण बाढीमा परेर यहाँका आठ जना नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । साथै यहाँ सो बाढीका कारण हजारौँ पशु बगेर मरेका छन् । त्यसैगरी यहाँका हजारौँ व्यक्ति घरबारबिहीन भएका छन् । 

शुक्रबार र शनिबार मंगोलियाका विभिन्न प्रान्तमा अविरल परेको पानी र त्यसपछि आएको बाढीले आठ जना व्यक्तिको ज्यान गएको र हजारौैँ पशु चौपाया पनि त्यसमा परेर मारिएका बताइएको छ । 

मंगोलियाको दक्षिणी र पूर्वी प्रान्तहरुमा वर्षा र बाढीले बढी क्षति पु¥याएको बताइएको छ । यी क्षेत्रका कम्तीमा तीन ओटा प्रान्तमा कम्तीमा पनि सात हजार पशु चौपायाहरु मारिएका छन् ।  ती प्रान्तका २ हजार ३०० भन्दा बढी घर पनि नष्ट भएका छन् । कतिपय बस्ती नै बाढीले बगाएको बताइएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप