दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ ।
यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको छ ।
यहाँ सोमबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमितहरु ४४ जना थपिएका बताइएको हो । योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १८१ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि ५० जना संक्रमित थपिएका छन् ।
उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । सोमबार एकजनाको यो संक्रमणबाट मृत्यु भएको छ । यो समेतगरी यहाँ यस संक्रमणबाट ज्यान जानेको संख्या २८५ जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ ।
यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो ।
तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ४० हजार जनाको परीक्षण गरेको जनाएको छ । सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको जवाफ : तीनकुने घटना आपराधिक, आइन्दा यस्तो हुन नदिन सरकार चनाखो छ
-
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
-
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
-
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
-
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल