अल्फा बिटाले सुरु गर्यो अनलाइन माध्यमबाटै ब्रिजकोर्सको कक्षा

काठमाडौं । अल्फा बिटाले कक्षा १० सकेर बसेका निलकण्ठ, एसओएस जस्ताकलेजहरुको प्रवेश परिक्षाको तयारी गराउनका निम्ती यस वर्षको ब्रिजकोर्स कक्षा अनलाइन माध्यमबाट सुरु गरेको छ । अल्फा बिटाका प्रेसिडेन्ट तथा सीइओ द्विराज शर्माले लामो समयको फुर्सदलाई ब्रिजकोर्समा लगाउन सकेमा टप कलेजहरुको प्रवेश परिक्षामा अब्बल नतिजा ल्याउन सक्ने, आगामी शैक्षिक कार्यक्रमलाई सहज हुने र करिअरका लागि समेत सहयोगी हुने बताए । उनले ब्रिजकोर्स एउटा अवसर पनि भएको बताए ।
एसइई दिएका विद्यार्थीका लागि कक्षा १० र ११ को कोर्स र समयको ग्यापलाई जोड्ने उपयुक्त समय हो । नेपालमा पहिलोपटक ब्रिजकोर्स सुरु गरेको अल्फा बिटाले यस वर्ष पनि विद्यार्थीका लागि साइन्स र म्यानेजमेन्टका ब्रिजकोर्सका कक्षा सञ्चालन गरेको छ । अल्फा बिटाले उपलब्ध गराउने ब्रिजकोर्स माकोर्सको ग्याप पूरा गर्ने मात्र होइन, विद्यार्थीको रुची र क्षमता बुझेर कक्षा ११ मा कस्ता विषय पढ्न उपयुक्त हुन्छ भन्ने सुझाव समेत दिने गरेको छ ।
विश्व समुदायमा फैलिएको कोभिड १९ काकारण विश्वमै अनलाईन शिक्षाको माग बढिरहेको परिस्थितीमा अल्फा बिटाले पनि आफ्ना सम्पूर्ण कक्षाहरु IELTS, PTE-A, GRE, SAT, tyf BRIDGE, COURSE पूर्ण रूपमा अनलाइन माध्यमद्वारा सञ्चालन गरिरहेको छ ।
विद्यार्थीहरुले E-sewa जस्ता अनलाईन payment gateway बाट भर्ना शुल्क तिरेर सजिलैसँग आफ्नो रोजाईका कक्षाहरु सुरु गर्न सक्नेछन् । अहिले अल्फा बिटामा अनलाइन Qm. Xavier's Entrance Preparation Course गरिरहेका EPS\ School मिन भवनका विद्यार्थी नुग मानन्धर भन्छन, ‘अनलाइन कक्षाभन्दा सुरुमा कस्तो हुन्छ होला भनेर अलि चिन्तित थिए तर पहिले दिन देखिनै Classroom मै बसेर पढेको अनुभव भयो । त्यस्तै, दमकमै बसेर अल्फा बिटाको अनलाईन ब्रिजकोर्स पढ्दै गरेका सूर्योदय ईंग्लिश स्कुल झापाका आदित्य आचार्य भन्छन, ‘अल्फा बिटाले हामी उपत्यका बाहिरका विद्यार्थीलाई त कूरियर गरेर किताब पनि पठाइदिने रहेछ, थाहा पाउना साथ E-SEWA को माध्यमबाट भर्ना गरेर कक्षा सुरु गरिहाले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन