बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको संक्रमित बढेसँगै अष्ट्रेलियाको राज्यमा सीमा बन्द गर्न सेना परिचालन

मङ्गलबार, २३ असार २०७७, १३ : ३५
मङ्गलबार, २३ असार २०७७

कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण अष्ट्रेलियाको दुई ठूलो जनसंख्या भएको राज्यबीच व्यस्त सीमा बन्द गर्नका लागि सयौं प्रहरी अधिकारी तथा सेनाको जवान तैनाथ गरिएको छ ।

न्यू साउथ वेल्स र भिक्टोरियाबीच सय किलोमिटरभन्दा लामो सीमालाई मंगलबार राती ११ बजेर ५९ मिनेटमा बन्द गरिनेछ । पछिललो सय वर्षमा पहिलो पटक यी दुई राज्यको सीमा बन्द गरिनेछ ।

भिक्टोरिया राज्यमा बिहिबार कोभिड–१९ संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि हुँदै विगत तीन महिनामा उच्चतम स्तरमा पुगेको छ । भिक्टोरियामा सोमबार १२३ नयाँ संक्रमित भेटिए, एकैदिन भेटिएको यो अहिलेसम्मको सबैभन्दा उच्च संख्या हो ।

न्यू साउथ वेल्सका पुलिस मन्त्री डेविड इलियटले आदेशको पालना नगर्नेलाई भारी जरिवाना र जेलको सजाय हुनसक्ने चेतावनी दिएका छन् । दुबै राज्य जोड्ने ५५ सडकबाहेक नदी र जंगलको बाटो पनि अनुमती बिना सीमा पार गर्नेलाई ११ हजार अष्ट्रेलियन डलर (९ लाख रुपैयाँभन्दा बढी)  र  ६ महिनाको जेल सजायको प्रावधान छ ।

सीमावर्ती इलाकामा बस्नेहरुलाई ट्राभल परमिट दिइनेछ । यद्यपि, सीमा बन्द हुन केही घण्टामात्रै बाँकी भएको अवस्थामा परमिटका लागि एल्लिकेसन सिस्टम बनेर तयार भएको छैन ।

सीमामा न्यू साउथ वेल्सतर्फ बसेको एलबरी शहरका मेयर केविन म्याकका अनुसार हरेक दिन करिब ५० हजार गाडी सीमा पार गर्छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप